सुन तोलामा ८ सय र चाँदीमा १० रुपैयाँ घट्यो

काठमाडौं । आज बिहीबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य बुधबारको तुलनामा तोलामा ८ सय रुपैयाँले घटेको हो । बिहीबार छापावाल सुनको मूल्य तोलाको १ लाख ५५ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ८० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर