प्यालेस्टाइनको भूमि छाड्न इजरायललाई आह्वान

काठमाडौं ।  संयुक्त राष्ट्र महासभाले बुधवार एक गैर बाध्यकारी प्रस्ताव पारित गरेको छ । जसमा इजरायलले कब्जामा लिएको प्यालेस्टाइनको भूभागलाई आगामी १२ महिनाभित्र छोड्न आह्वान गरेको छ ।

संयुक्त राष्ट्र सङ्घको १० औँ आपत्कालीन विशेष सत्रमा कब्जा गरिएको पूर्वी जेरुसेलम र बाँकी प्यालेस्टाइन क्षेत्रमा इजरायली कारबाहीलाई ध्यानमा राख्दै पक्षमा १२४ मत, विपक्षमा १४ र अनुपस्थिति ४३ मतले यो प्रस्ताव पारित भएको थियो ।

प्यालेस्टाइन राज्यले मङ्गलवार पेस गरेको र दुई दर्जनभन्दा बढी राष्ट्रहरूले सह–प्रायोजित गरेको प्रस्तावमा इजरायलले अन्तर्राष्ट्रिय कानुन अन्तर्गतका सबै कानुनी दायित्वहरू पूरा गर्न माग गर्दै अन्तर्राष्ट्रिय न्यायालयको सल्लाहकार राय सहितको माग गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर