राजमार्गको अवस्था चुस्तदुरुस्त राख्न सडक विभागको निर्देशन

काठमाडौं । सडक विभागले नजिकिएको दशैं, तिहार र छठ पर्वलाई ध्यानमा राख्दै निर्माणाधीन राजमार्गको सुधारका लागि सम्बन्धित निर्माण कम्पनीहरूलाई निर्देशन दिएको छ । विभागले सडकको अवस्था र सवारीको चापलाई ध्यान दिई स्तरोन्नति गर्न पनि निर्देशन जारी गरेको छ । सडकका कारण बडा दशैंका लागि गन्तव्यसम्म पुग्ने कुनै यात्रुले पनि दुःखकष्ट बेहोर्नु नपरोस् भन्दै विभागले चासो देखाएको हो ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पूर्वी खण्डका प्रमुख किशोरबहादुर रिजालले बिस्तारै मनसुन हट्दै गएकाले तत्काल सडकको खाल्टाखुल्टी पुर्नेलगायत पहिरोका कारण लामो समयदेखि एकतर्फी मात्रै सञ्चालनमा रहेको सडक पनि पहिरो पन्छाई दुईतर्फी बनाउन सम्बन्धित निर्माण कम्पनीहरूलाई निर्देशन दिएको बताए । उनले स्तरोन्नतिसहित निर्माणको क्रममा रहेको नागढुङ्गा–मुग्लिन सडक खण्डमा कुनै पनि अवरोध नराख्न अनुरोध गर्दै मनसुनी वर्षा कम हुनेबित्तिकै कालो पत्रेको काम सुरु गर्ने जानकारी पनि दिए ।

सङ्घीय राजधानी प्रवेश गर्ने र राजधानीबाट बाहिरिने मुख्य राजमार्गहरू निकै जोमखीमपूर्ण भएपछि सो सडकको यात्रा कष्टप्रद बन्दै गइरहेको छ । राजमार्गमा सवारीसाधनको चाप पनि बढ्दै गएको छ । हिन्दूहरूको महान् पर्व बडा दशैं नजिकिँदै आइरहेकाले राजमार्ग हुँदै राजधानी भित्रनेको सङ्ख्याभन्दा बाहिरिने सवारीसाधनको सङ्ख्या बिस्तारै बढ्न थालेको छ ।

दैनिक पन्ध्रदेखि सत्र हजार सवारीसाधन आवतजावत गर्ने पृथ्वी राजमार्गमा पछिल्लो केही दिन यता सवारीको चाप पनि बढेको छ । आयोजनाका प्रमुख रिजालका अनुसार निर्माण कम्पनीहरूले थप गरेको र तोकिएको समय अवधिभित्रै काम सम्पन्न गर्ने गरी काम सुरु गर्ने भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर