आजदेखि निःशुल्क धरहरा चढ्न पाइने

काठमाडौं । संविधान दिवसको अवसर पारेर सरकारले बिहीबारदेखि सर्वसाधारणलाई निःशुल्क धरहरा चढ्ने व्यवस्था मिलाएको छ। केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख कोषनाध अधिकारीका अनुसार बिहीबारदेखि प्रत्येक दिन ६ सय जनाले निःशुल्क धरहरा चढ्न पाउनेछन्। ६ सयमा एक सय कोटा अपांगता भएका तथा वृद्धवृद्धाका लागि छुट्याइएको छ। प्रत्येक एक घन्टामा सय जनाले धरहरा चढ्ने गरी व्यवस्था मिलाइएको छ।
धरहरा चढ्नका लागि बुकिङ गर्न केन्द्रीय आयोजना कार्यान्वयन एकाइले धरहरा डटकमडट जिओभी डटएनपी नामक वेबसाइट खोलेको छ। वेबसाइटमार्फत बुकिङ गर्न सकिनेछ। प्राविविधक समस्याका कारण वेबसाइट नखुलेमा जसले पहिले टिकट लिन्छ, उसलाई प्राथमिकता दिएर धरहरा चढ्न दिइने अधिकारीले बताए।
प्रतिक्रिया