नेप्सेमा ४ अंकको गिरावट, ५ अर्ब ६६ करोडको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार सामान्य अंकले घटेर बन्द भएको छ । नेप्से ४ अंकले घटेर दुई हजार ५ सय ७६ दशमलव ७६ विन्दुमा बन्द भएको हो । नेप्सेमा आज ५ अर्ब ६६ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ७४ वटाको बढेको छ भने १६३ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । रिभर फल्स पावर लिमिटेड, हिमालयन हाइड्रोपावर लिमिटेड र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यसका साथै स्टर्न हाइड्रोपावर लिमिटेडको शेयरमूल्य पनि ९.९९ प्रतिशतले बढेको छ । गुडवील फाइनान्स लिमिटेडको शेयरमूल्य भने घटेको छ । यस कम्पनीको शेयरमूल्य ६.७७ प्रतिशतले घटेको हो । सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको २० करोड ५८ हजार बराबरको कारोबार भएको छ ।