ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिका ३ समाटारमा ट्याक्टर दुर्घटना हुँदा बुधबार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । खाँदबारी किमाथांका सडक खण्डको वरुणबाट खाँदबारी आउने क्रममा ट्याक्टर भीरबाट खसेको थियो ।

खाँदबारी नगरपालिका ८ विश्नेधाराका चालक किरण श्रेष्ठ र सहचालक उदित श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरीका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए । उनका अनुसार ट्याक्टर भीरबाट करिब ३ सय मिटर तल खसेको छ । ट्याक्टर अरुण नदीले बगाएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर