राष्ट्रपतिद्वारा इन्द्रजात्रा अवलोकन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राको अवलोकन गरेका छन् । आज मंगलबार दिउँसो उनले इन्द्रजात्राको अवसरमा श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा पनि अवलोकन गरे । विभिन्न देशका पाहुनासमेत इन्द्रजात्रा अवलोकनका लागि वसन्तपुर पुगेका थिए । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध शम्शेरको सालिकदेखि पैदल हिँडेर हनुमानढोका दरबार क्षेत्रस्थित गद्दी बैठकसम्म पुगेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर