प्रधानमन्त्री ओली कन्सर्टमा उपस्थित नहुने लगभग तय, नियन्त्रणमा लिएका बालेन समर्थकहरू रिहा

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षाको कारण देखाउँदै नेशनल डे कन्सर्टमा अनुपस्थिति जनाउने भएका छन् । संविधान दिवसको अवसरमा आयोजना हुन लागेको कन्सर्टमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहका समर्थकहरूले हुलहुज्जत गर्न सक्ने सम्भावना भएको गुप्तचरको रिपोर्टको आधारमा प्रधानमन्त्री ओली त्यस कार्यक्रममा अनुपस्थित हुने निष्कर्षमा पुगेको बताइएको छ ।

नागरिक स्तरबाट पर्सि ३ गते नारायणहिटी दरबार अगाडि हुन लागेको कन्सर्टमा खुला सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री उपस्थित हुँदा बालेनका समर्थकबाट सुरक्षामा असर पर्ने भन्दै चारवटै सुरक्षा निकायले उनलाई नजान भनेका थिए।

यसैबिच काठमाडौंका मेयर बालेनको तस्बिर अंकित टिसर्ट लगाएर इन्द्रजात्रामा पुगेका उनका समर्थकहरूलाई प्रहरीले पक्राउ गरेपछि रिहा गरेको छ । प्रहरीले उनीहरूलाई असुरक्षाको कारण देखाउँदै इन्द्रजात्रा स्थल बसन्तपुरबाट नियन्त्रणमा लिएको थियो । प्रहरीले पक्राउ परेका १४ जना युवालाई मंगलबार साँझ ५ बजेपछि रिहा गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर