बालेनको टिसर्ट लगाएका युवालाई समारोहमा भाग लिन रोक

काठमाडौं । इन्द्रजात्राको अवसरमा वसन्तपुरमा आयोजित समारोहमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको तस्बिर अङ्कित टिसर्ट लगाएर उपस्थित भएका युवायुवतीलाई प्रहरीले समारोह स्थलबाट निकालिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने उक्त समारोहमा सम्भावित विरोध हुनसक्ने विषयलाई ध्यानमा राख्दै प्रहरीले उनीहरूलाई हटाएको बुझिन आएको छ। तर आधिकारिक कुरा भने प्रहरी-प्रशासनले भनेको छैन ।

काठमाडौं महानगरले इन्द्रजात्राको अवसरमा आयोजना गर्ने विशेष समारोहमा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने गर्दछ। अघिल्लो वर्षको कार्यक्रममा राष्ट्रपति प्रधानमन्त्रीको उपस्थिति युवायुवतीहरूले बालेनको समर्थनमा नारा लगाएका थिए । उता भने मेयर साह भारत गएकोमा फर्केका छैनन् । गत मंगलबार बैंगलोरमा एल्मुनाइको कार्यक्रममा सहभागी हुन गएका उनको कार्यक्रम लम्बिएपछि इन्द्रजात्रामा सहभागी हुन नसकेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर