चीनको शांघाईमा ७५ वर्षयताकै ठूलाे आँधी

काठमाडौं ।  चीनको व्यापारिक राजधानी मानिने शांघाईमा ७५ वर्षयताकै ठूलाे आँधी आएको छ। ‘बाबिन्का’ नामको आँधी ७५ वर्षयताकै ठूलो रहेको बीबीसी जनाएको छ ।

आँधीका कारण हजारौं मानिसलाई सुरक्षित ठाउँमा सारिएको खबरमा उल्लेख छ । चीनको मौसम विभागले बिबिन्का आँधीले शांघाईको तटीय क्षेत्रमा विध्वंस मच्चाएको र शहरका कैयौं संरचनामा असर पुगेको जनाएको छ । आँधीको पूर्वसूचना पाएलगत्तै शांघाई नगर प्रहरीले हिजो ततकालै चार लाख जनाभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारेको थियो ।

यस्तै चेओन्गामिङ जिल्लाबाट नौ हजार जना मानिसलाई पनि सुरक्षित ठाउँमा सारिएको सरकारले जनाएको छ । आँधीका कारण चीनमा सयौं उडान रद्द भएका छन् भने शांघाई जोड्ने सबैजसो राजमार्गहरू पनि बन्द भएका छन् ।आँधीको कारण भएको क्षतिको विवरण आउन बाँकी रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर