आज सुनमा ६ सय र चाँदीमा १० रुपैयाँ घट्यो

काठमाडौं । आज मंगलबार सुन प्रति तोला ६ रुपैयाँ घटेको छ । हिजो सोमबार प्रति तोला पाँच सय रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको सुनको भाउ आज घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख ५६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन हिजो सोमबार प्रतितोला एक लाख ५७ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो। उक्त मूल्य हालसम्मकै उच्च हो।

यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। हिजो सोमबार प्रतितोला एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार नौ सय पाँच रुपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ घटेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर