कोशी प्रदेशमा असोज २ गते सार्वजनिक बिदा

काठमाडौं । कोशी प्रदेश सरकारले असोज २ गते बुधबार झाँगड (उराव) पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कोशी प्रदेश सरकारको निर्णयअनुसार झाँगड (उराव) समुदायको चाड करम पूजाको अवसरमा कोशी प्रदेशभर बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कमलबहादुर थापाले जानकारी दिए ।
प्रतिक्रिया