रवि लामिछानेलाई दागी बनाइँदै प्रतिवेदन पेश गर्ने तयारी

काठमाडौं ।  संघीय संसद्अन्तर्गत दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा आज सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन पेस हुने भएको छ । समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

समितिको एक सूत्रका अनुसार रवि लामिछानेमाथि अत्यधिक सरोेकार रहेको समितिको प्रतिवेदनमा उनलाई दोषी औंल्याइन्छ कि औंल्याइँदैन भन्ने सर्वाधिक चासो रहेको छ । समितिका एक सदस्यका अनुसार प्रतिवेदनमा सर्वसाधारणको बचत दुरुपयोग गर्ने सबैलाई दागी बनाइएको छ ।

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९–०८०’ पेस गर्ने कार्यसूची छ भने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको विधायन विधेयक, २०८० छलफल र पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने बैठकको कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर