बुद्ध एअरको जहाजमा पनि समस्या देखिन थाल्यो

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भरतपुर उड्न लागेको बुद्ध एअरको जहाजबाट सोमबार बिहान सबै यात्रुलाई ओरालिएको छ । विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले बिहान साढे ७ बजे उड्ने तालिका रहेको जहाजमा प्राविधिक समस्या देखिएपछि उड्न लागेको जहाजबाट यात्रुलाई ओरालिएको बताए । जहाजलाई ‘ट्याक्सी वे’मै प्राविधिकहरूले जाँच गरिरहेका छन् भने यात्रुलाई अर्को जहाजबाट गन्तव्यमा पठाउने तयारी भएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर