नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत क्यानडा भ्रमणमा रहेको नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। गत फेब्रुअरी अन्तिम साता नेदरल्यान्डसँग लिग २ कै ओडीआई खेलमा ८ विकेटले पराजित भएपछि नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न लागेको हो।
लिग-२ को पहिलो सिरिजमै घरेलु मैदानमा खराब प्रदर्शन गरेको नेपाललाई कमजोरी दोहोर्याउनुपर्ने सुधार्नुपर्ने हुन्छ। फेब्रुअरी अन्तिम साता घरेलु सिरिजमा ४ मध्ये ३ खेल गुमाएको नेपाललाई यस पटक भने त्यो गल्ती दोहोर्याएको थियो। लिग-२ को तालिकामा नेपाल २ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ। टी-२० विश्वकपपछि अन्तर्राष्ट्रिय खेल नखेलेको नेपालले यसै सिरिजका लागि भारतको बैगलुरुस्थित नेसनल क्रिकेट एकेडेमीमा दुई हप्ता अभ्यास गरेको थियो।
क्यानडा भ्रमणमा क्रममा नेपालले दोस्रो खेल असोज २ गते ओमानसँग खेल्ने छ। तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध प्रतिस्पर्धा गर्ने छ। एसोसिएट टोली मध्येको शीर्ष टोली बन्न नेपालले होम ग्राउन्डका मात्रै नभएर अवेका खेलहरु पनि जित्नु आवश्यक छ। किंग सिटीमा खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुने छ।