डिजेल, मट्टितेलमा ५ र पेट्रोलमा ४ रुपैयाँ भाउ घटयो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको छ । डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले भाउ घटाएको हो ।

भारतीय आयल निगमबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार भाउ घटेर आएकाले हिजो आइतबार राति १२ बजेपछि लागू हुने गरी मूल्य घटाइएको नेपाल आयल निगमद्वारा आइतबार साँझ जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नयाँ खरिद मूल्य प्राप्त भएपछि निगमको आइतबार बसेको सञ्चालक परिषद् बैठकले भाउ घटाउने निर्णय गरेको थियो । निगमको डिपो कार्यालयबाट १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य कायम गरिएको पनि निगमले जनाएको छ । निगमले विभिन्न जिल्लालाई तीन वर्गमा विभाजन गरी त्यसै अनुसार मूल्य निर्धारण गरेको छ ।

मूल्य घटेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १४६ कायम भएको छ । त्यस्तै सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको मूल्य लिटरको १५८ रुपैयाँ र डिजेल तथा मट्टितेल १४८ रुपैयाँ पर्नेछ । काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १४९ कायम भएको छ । यस्तै ग्यास र हवाई इन्धनको मूल्य यथावत् राखिएको छ ।

undefined


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर