माओवादीले प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध गर्ने

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतकहरूसँगको छलफलमा कुनै सहमति नभएपछि  प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले आजको प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध गर्ने भएको छ ।
माओवादीले संसदीय दलको बैठकको निर्णय अनुरूप पार्टीले उठाएको विषय सम्बोधन नभएसम्म सदन अवरोध गर्ने निर्णय गरेको हो । माओवादी जनयुद्धलाई हिंसा भन्ने एमालेले प्रयोग गरेको शब्द संसद्को रेकर्डबाट नहटाउने सभामुखको रूलिङलाई सच्याउनुपर्ने माओवादीको माग छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर