सिमलतालबाट त्रिशूली किनारमा ट्रक खस्यो, चालक सम्पर्कविहीन

काठमाडौं ।  नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालमा सडकबाट त्रिशूली किनारमा खसेको ट्रकका चालक सम्पर्कविहीन भएका छन्। ट्रक पानी बाहिर किनारमा रहेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार चालक यमबहादुर घलेको मोबाइल स्वीचअफ छ। घटनास्थल पुगेर फर्कदैं गरेका रिजालले भने, ‘चालक सम्पर्कमा छैनन्, घटना शंकास्पद देखिएको छ।’

दुर्घटनाको अवस्था हेर्दा चालक नदीमा नभएर बाहिर सम्पर्कविहीन भएको हुनसक्ने उनको भनाइ छ। यातायात कार्यालयमार्फत ट्रक धनीको पहिचान गरेर चालक खोजीकार्य भइरहेको रिजालले बताए। ना. ६ ख ६२८३ नम्बरको ट्रक भैरहवाबाट सूर्यमुखी तेल बोकेर ललितपुरतर्फ जाँदै गरेको थियो। ट्रकमा दुई हजार २२२५ कार्टुन तेल लोड गरिएको थियो। ट्रक आज बिहान सडकबाट झण्डै एक सय मिटर तल त्रिशूली किनारमा खसेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर