सुनको मूल्यमा अहिलेसम्मकै उच्च रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । आइतबार सुन तोलामा ५ सयले बढेपछि तोलाको १ लाख ५६ हजार ८ सय रुपैयाँ कायम भएर अहिलेसम्मकै उच्च रेकर्ड बनाएको हो ।

यसअघि गत शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यस दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ६० रुपैयाँले बढ्दै प्रतितोला १९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर