पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका प्रकाशन

काठमाडौं । नेपाल पत्रकार महासङ्घको आगामी असोज १२ गतेका लागि तय भएको निर्वाचन कार्यतालिका प्रकाशन गरिएको छ । निर्वाचन समितिले हिजो शनिबार बेलुका प्रकाशित तालिकाअनुसार मतदाता नामावली प्रकाशन भएको छ भने असोज ४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मका लागि केन्द्रीय समितिका लागि मनोनयन दर्ताको समय निर्धारण गरिएको छ ।

यस्तै, उम्मेदवारको नामावली प्रकाशन असोज ४ गते बेलुका ५ बजे हुनेछ । उम्मेदवारमाथि दाबी विरोध असोज ४ गते बेलुका ५ बजेदेखि असोज ५ गते दिउँसो २ बजेसम्म रहेको छ । उम्मेदवारले नाम फिर्ता लिने समय असोज ४ गते बेलुका ५ बजेदेखि असोज ५ गते ४ बजेसम्म रहेको छ । उम्मेदवारको अन्तिम नामावली असोज ५ गते बेलुका ६ बजे प्रकाशन हुनेछ ।

निर्वान तालिकाअनुसार प्रदेश समितिको मनोनयन दर्ता असोज ८ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म रहेको छ । संस्थागत समिति, जिल्ला शाखा र प्रतिष्ठान शाखामा मनोनयन दर्ता असोज १० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म रहेको छ । तालिकाअनुसार मतदान असोज १२ गते बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म हुने र मतगणना पनि मतदानको काम सकिएलगत्तै हुने निर्वाचन समितिले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर