अध्यक्ष ओली र मेयर बालेनबिच वाक् र सञ्चार युद्ध जारी

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच वाक् युद्ध र सञ्चार युद्ध रोकिएको छैन । एक अर्काले सार्वजनिक समारोह होस वा सामाजिक सञ्जाल दुबैजनाले दुइवटै नेपथ्यको आ–आफ्नोमा पक्षमा प्रयोग गर्ने गरेका छन् । हिजो अध्यक्ष ओलीलले एउटा केटोले मनपरी बोल्छ भनेर आलोचना गरे भने उता बाल दिवसमा बालेन ओलीलाई कटाक्ष गरेका छन् । । हिजो शनिबार राति सामाजिक सञ्जालमा लेख्दै बालेनले ओलीले नाबालिग पिट्नेलाई जोगाएको आरोप लगाएका छन् ।

एमालेकी प्रदेश सांसद रेखा शर्मामाथि बाल श्रम दुरुपयोगको आरोप लगाइरहेका छन् । बाल श्रम दुरुपयोग गर्ने सांसदलाई प्रधानमन्त्री ओलीले जोगाएको उनको भनाइ छ । यसैकारण आफूले बाल दिवसको शुभकामना पनि दिन नसकेको बालनेको भनाइ छ ।
हिजो शनिबार बाल दिवस परेको थियो । पीडित बालिकाहरूले प्रधानमन्त्री (खड्गप्रसाद ओली) का कारण न्याय नपाएर मर्नु परेको कारण बाल दिवसको शुभकामना दिन सकिनँ, सो शुभकामना स्वयं प्रमज्यूलाई नै टक्र्याउन चाहन्छु, ग्रहण गर्नुहोला’, बालेले फेसबुकमा लेखेका छन् ।
बालेनले दुईवटा फेसबुक चलाउँछन् । अर्कोमा उनले ‘नाबालिग पिट्नेलाई मेरो प्रधानमन्त्रीले जोगाउँछ’ लेखेर प्रोफाइल पिक्चर नै परिवर्तन गरेका छन् । बालेनले केही समयअघिदेखि सांसद शर्मालाई पक्राउ गरेर अनुसन्धान गर्न माग गरेका थिए । (तस्बिरःफाइल)

 

null

null


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर