नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले अङ्क बाँडे

काठमाडौं । नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले एन्फा महिला लिगमा बराबरी खेल्दै अङ्क बाँडेको छ । दशरथ रङ्गशालामा शनिबार भएको विभागीय डर्बीमा पुलिस र आर्मीले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो । पुलिसका लागि अमृता जैसीले ४८औँ मिनेटमा सुरुवाती गोल गर्नुभयो । त्यसपछि आर्मीकी अमिशा कार्कीले ६३औँ मिनेटमा गोल गर्दै खेलललाई बराबरीमा ल्याइन् ।

बराबरीसँगै पाँच खेलबाट ११ अङ्क बनाएको पुलिस तालिकाको शीर्षस्थानमा छ । समान खेलबाट १० अङ्क बनाएको आर्मी दोस्रो स्थानमा छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गरेको लिगमा विभागीय तीनसहित १० टोलीको सहभागिता रहेको छ ।

दुई करोड २४ लाख ६८ हजार रुपैयाँ लगानी रहेको लिगको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउने एन्फाले जनाएको छ । यस्तै लिगको उत्कृष्ट खेलाडीलाई एक लाख, फेयर प्ले टोलीलाई एक लाख ५० हजार, विधागत उत्कृष्ट खेलाडीलाई जनही ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर