इंग्ल्यान्डले अस्ट्रेलियालाई तीन विकेटले हरायो

काठमाडौं ।  दोस्रो टी–२० क्रिकेटमा इंग्ल्यान्डले अस्ट्रेलियालाई तीन विकेटले हराएको छ । गएराति कार्डिफमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले इंग्ल्यान्डलाई एक सय ९४ रनको लक्ष्य दिएको थियो ।

इंग्ल्यान्डले ६ बल बाँकी छँदै ७ विकेट गुमाएर भेट्टायो । उसका लियाम लिभिङस्टोनले सर्वाधिक ८७ रन बनाए । त्यसअघि अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९३ रन बनाएको थियो । उसका जेक फ्रेसर म्यागर्कले सर्वाधिक ५० रन बनाए ।

इंग्ल्यान्डका लियाम लिभिङस्टोन र ब्राइडन कार्सले समान दुई विकेट लिए । पहिलो खेलमा अस्ट्रेलिया २८ रनले विजयी भएको थियो । तीन खेलको श्रृङ्खला एक/एकको बराबरी भएको छ । दुई देशबीचको तेस्रो तथा निर्णायक टी–२० भोलि हुनेछ । त्यसपछि पाँच खेलको एकदिवसीय श्रृङ्खला हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर