नेपाल र चीनबीचको रुइला नाका अर्को एक बर्षसम्मका लागि बन्द

काठमाडौं । नेपाल र चीनबीच खुला रहेको गोरखा जिल्लास्थित रुइला नाका अर्को एक बर्षसम्मका लागि बन्द गरिएको छ । बर्षमा एकपटक एक महिनाका लागि खुल्ला गरिने उक्त नाका नाका सोमबारदेखि पुनः बन्द गरिएको हो । नाका गत साउन ५ गते खुल्ला गरिएको थियो । नाका बन्द गर्ने दिन सोमबार चिनियाँ र नेपाली सीमा सुरक्षा बलले संयुक्त रुपमा गस्ती गरेका थिए ।

त्यसपछि चिनियाँ सुरक्षा अधिकारी, नेपालतर्फको सशस्त्र प्रहरीको बिओपी तथा जनप्रतिनिधिहरु र साम्दाको स्थानीयवासीबीच अन्तरसंवाद कार्यक्रम पनि आयोजना गरिएको थियो । कार्यक्रममा दुबै पक्षले दुबै देशको हितलाई ध्यानमा राखी सीमा क्षेत्रमा अवाञ्छित गतिविधि हुन नदिने प्रतिबद्धता गरिएको थियो । साथै, सामागाउँ र साम्दोका स्थानीयले हरेक बर्ष नाका खुलाउँदा कम्तीमा एक महिना अघि सूचना दिन अनुरोध गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर