महिला लिग फुटबल : चन्द्रपुरले सुदूरपश्चिमलाई हरायो

काठमाडौं । एन्फा महिला लिग फुटबलमा आज भएको खेलमा झापाको चन्द्रपुर नगरपालिकाले सुदूरपश्चिम प्रदेशलाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा चन्द्रपुरले सुदूरपश्चिमलाई ४–० गोलले हराएको हो ।

चन्द्रपुरका लागि अनिता रानामगर, रजनी थोकर, एलिना चौधरी र सजनी थोकरले समान एक गोल गरे । यो जीतसँगै चन्द्रपुर चार खेलबाट पाँच अङ्कसहित तालिकाको छैठौं स्थानमा उक्लिएको छ ।

समान खेल खेलेको सुदूरपश्चिमले अहिलेसम्म प्रतियोगितामा एक खेल पनि जित्न सकेको छैन । सुदूरपश्चिम तालिकाको पुछारमा रहेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा १० टोली सहभागी लिगको शीर्ष पाँच टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर