नेपाल पत्रकार महासंघको निर्वाचन सरेको सर्‍यै

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन फेरि सरेको छ । महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन सरेको जानकारी दिएका हुन् । यसअघि असोज ५ गतेका लागि तय गरिएको निर्वाचन असोज १२ गते शनिबार गर्नेगरी निर्वाचन समितिलाई पत्राचार गरिएको महासंघले जनाएको छ ।

अध्यक्ष विपुल पोख्रेलले राजीनामा दिएपछि परिस्थिति असहज भएकाले निर्वाचन मितिमा सामान्य हेरफेर गरिएको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । शनिबार मतदाता सूची र निर्वाचन तालिका सार्वजनिक गर्ने सहमति भएको महासंघले जनाएको छ । ‘‘महासंघको तर्फबाट असोज १२ गते शनिवारका दिन निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन समितिलाई पत्राचार गरिएको छ । मतदाता सूची २०८१ भाद्र २९ गते शनिवारका दिन सार्वजनिक गरी सोही दिन निर्वाचन प्रयोजनका लागि निर्वाचन तालिका पत्राचार गर्ने समझदारी भएको जानकारी गराउँदछु”, कार्यवाहक अध्यक्ष विष्टद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर