स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. लोहनीले राजीनामा दिए

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा गुणराज लोहनीले राजीनामा दिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लोहनीले शुक्रबार राजीनामा बुझाएका हुन् । स्वास्थ्यको कारण देखाउँदै उनले राजीनामा पत्र बुझाएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए । लोहनी गत मंसिर १३ गते अध्यक्षमा नियुक्त भएका थिए। मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. लोहनीले बीमामा सुधार गर्न नसके राजीनामा दिन्छु भनेर यसअघि नै घोषणा गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर