मध्यपुरथिमिमा डेङ्गुबारे सचेतनामूलक कार्यक्रम

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाको ३ नम्बर वडाले डेङ्गु रोगको रोकथामबारे जनचेतना फैलाउन सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । हाल देशभर तीव्र रूपमा फैलिरहेको डेंगु रोगको अवस्थालाई दृष्टिगत गर्दै वडाले आफ्ना वडावासीलाई संक्रमण हुन नदिन सचेतनामूलक कार्यक्रम आयोजना गरेको वडाध्यक्ष कृष्णहरि आचार्यले बताए ।

‘अहिले देशैभर डेंगुको संक्रमण फैलिरहेको छ । डेंगु कसरी फैलिन्छ, यसबाट बच्न के गर्नुपर्छ ? यदि लागि हाले के गर्ने भन्ने विषयमा वडावासीलाई सजग गराउन सचेतना कार्यक्रम आयोजना गरेका हौं’, वडाध्यक्ष आचार्यले भने ।

मध्यपुरथिमि नगरपालिकाको ३ नम्बर वडाको आयोजनामा भएको उक्त कार्यक्रममा अस्पताल प्रतिनिधिहरू, विद्यालय परिवार, टोलसमितिका सदस्यहरु, दिव्यश्वरी रेडक्रस शाखालगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित हुन नसकेकाहरुलाई पनि डेंगुबारे विस्तृत रुपमा ज्ञान दिनका लागि सचेतनामूलक र्‍यालीको समेत आयोजना गरिएको वडाध्यक्ष आचार्यले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर