गिरीबन्धु टि–स्टेट नजिकै विस्फोट भएको प्रेसर कुकर बमको अवशेष फेला

काठमाडौं । भापाको बिर्तामोडस्थित गिरीबन्धु टि–स्टेट नजिकै विस्फोट भएको प्रेसर कुकर बम फेला परेको छ । बिर्तामोड ६ स्यालडागी स्थित, गिरीबन्धु टि स्टेट प्रालिभित्र रहेको शम्सेर एण्ड गंगादेबी टि–स्टेटको कम्पाउण्डको वाल बाहिर विस्फोट भएको कुकर फेला परेको प्रहरीले जनाएको छ ।
छत्रबाबु गिरीले सञ्चालन गर्दै आएको सो टि–स्टेटको कम्पाउन्ड वाल बाहिर नेकपा (माओवादी) पूर्वी केन्द्रीय कमाण्डको पर्चा भेटिएको छ । स्थानीयले बम विस्फोट भएको खबर प्रहरीलाई गरेका थिए । आज शुक्रबार बिहान ६ बजे घटनास्थल पुगेको प्रहरीले पर्चासहित विस्फोट भएको कुकर बरामद गरेको छ । प्रहरीका अनुसार सो स्थानमा विस्फोट भएको जस्तो नदेखिएको, अन्यन्त्र कतै बिस्फोट गराई विस्फोटमा प्रयोग भएको सामान ल्याई राखिएको जस्तो देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर