रास्वपाका पूर्वसांसद डा. ढाकाकुमार लागूपदार्थ कारोबारमा संलग्न भएको आरोपमा पक्राउ

काठमाडौं । कास्की प्रहरीले बिहीबार लागूऔषध कारोबार गरेको अभियोगमा पूर्वसांसद एवं मेडिकल व्यवसायी डा. ढाकाकुमार श्रेष्ठलाई पक्राउ गरेको छ ।
श्रेष्ठ पोखरा महानगरपालिका वडा नम्बर ९ पृथ्वीचोकमा रहेको दिया फार्मेसीका सञ्चालक हुन् । कास्की जिल्ला अदालतबाट अनुमति लिई डा. श्रेष्ठलाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले बिहीबार जानकारी दिए ।

गएको साउन ३ गते पोखरा २, बाग्लुङ बसपार्कमा पक्राउ परेका रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं. ७ स्थायी घर भई पोखरा ४ नालामुख बस्ने वर्ष ४२ का प्रकाश थापामगरले दिया फार्मेसीबाट लागूऔषध किनेको बयान दिएको थियो । थापामगर ९७ ट्याब्लेट टुपेनसहित पक्राउ परेका थिए । थापामगरको बयानको आधारमा ढाकाकुमारलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
२०७९ को आमनिर्वाचनपछि डा. श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनेका थिए । मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग घूस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले डा. श्रेष्ठलाई सांसदबाट हटाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर