अब मैले सबै कुराबाट संन्यास लिने बेला आइसकेको छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अरू राजनीतिक दललाई कमजोर बनाउने नीतिअनुसार वर्तमान सरकार निर्माण नभएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार आयोजित उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान कार्यक्रममा उनले दुई ठुला राजनीतिक दल मिलेपछि अरू पार्टीलाई सिध्याउने हुन् कि भन्ने भय पालेर नराख्न आग्रह गरे । उनले कुनैपनि पार्टीलाई सिध्याउने र कमजोर पार्ने नीति कांग्रेस र एमालेको नभएको जिकिर गरे ।

उनले कांग्रेसलाई कमजोर बनाउनेहरू रहेकाले त्यसकाविरुद्ध सबैलाई एक गरेर बलियो पार्टी बनाउनुपर्ने बताउनुर्ने आवश्यकता औंल्याए । उनले आफूले अब सबै कुराबाट संन्यास लिने बेला आइसकेको भन्दै पार्टी, देशको चिन्ता अब नयाँ बन्ने नेताहरूले लिनुपर्ने बताए । उनले अब पार्टीको नेतृत्व लिने नेताहरूलाई काम गरेर देखाउन पनि चुनौती दिए । उनले कांग्रेस र एमालेको सरकार बनेपछि देशभर उत्साह पैदा भएको पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर