प्रधानमन्त्रीले भदौ ३१ गते संसद् बैठकलाई सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ ३१ गते संसद् बैठकलाई सम्बोधन गर्ने भएको छ । राष्ट्रसङ्घीय महासभामा भाग लिन अमेरिका जानुअघि प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न लागेको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । प्रधानमन्त्री ओली आउँदो असोज ४ गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको भ्रमण कार्यक्रम मन्त्रिपरिषदबाट स्वीकृत भइसकेको छ । महासभामा गर्ने सम्बोधनमा आफूले उठाउने विषयबारे उनले अग्रिम रुपमा संसदलाई जानकारी गराउन लागेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर