एमाले नेता महेश बस्नेतमाथिको अभियोग उच्च अदालतद्वारा खारेज

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका नेता महेश बस्नेतविरुद्धको मुद्दा खारेज गरिदिएको छ । बस्नेतविरुद्ध शोभा पाठकले हालेको मुद्दा उच्च अदालत पाटनले खारेज गरिदिएको हो । यसअघि जिल्ला अदालत काठमाडौंमा हालेको मुद्दा पनि खारेज भएपछि ती महिलाले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई विपक्षी बनाएर उच्च अदालत पाटनमा रिट दायर गरेकी थिइन् ।

दायर रिटमा सुनुवाइ गर्दै न्यायाधीश ऋषि राजभण्डारी र खडानन्द तिवारीको संयुक्त इजलासले खारेज गर्ने निर्णय गरेको उच्च अदालत पाटनका रजिस्ट्रार श्रीलाल पौडेलले जानकारी दिए । एमाले नेता बस्नेतविरुद्ध ती महिलाले बलात्कार, भ्रूण हत्या तथा डकैतीको आरोप लगाउँदै मुद्दा हालेकी थिइन् । बस्नेतमाथि उनले लगाएका आरोप निराधार भएको छ ।

नेता बस्नेत खुसी
उनले आफूमाथि लागेको मुद्दामा अदालतले गरेको निर्णयप्रति आभारी रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गर्दै बस्नेतले न्यायालयप्रति आभारी रहेको बताएका हुन् । उनले आफूविरुद्ध कपोकल्पित घटना बनाएर परिचालित पात्रले मुद्दा दायर गरेकोमा न्यायालयले न्यायिक निर्णय गरेको जनाए । आफ्नो राजनीतिक तथा सामाजिक जीवन सक्याउन खोज्नेहरूलाई अदालतको निर्णयले पराजित गरिदिएको उनले  बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर