अस्ट्रेलियाद्वारा इङ्ल्यान्ड २८ रनले पराजित

काठमाडौं ।  अस्ट्रेलियाले पहिलो टि ट्वान्टी आईमा घरेलु टोली इङ्ल्यान्डलाई‌ २८ रनले पराजित गरेको छ । अस्ट्रेलियाले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । १ सय ८० रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डले १९.२ ओभरमा १ सय ५१ रन बनाउँदै अल आउट भयो । घरेलु टोलीका लागि लियम लिविगंस्टोनले सर्वाधिक ३७, ओपनर तथा कप्तान फिल साल्टले १२ बलमा २०, साम करनले १५ बलमा १८ तथा जोर्डन कक्सले १२ बलमा १७ रन जोडे ।

अस्ट्रेलियाका सन एबटले ३, जोस हेजलवुड र एडम जाम्पाले समान २ तथा जेभिएर ब्राटलेट, क्यामरुन ग्रिन र मार्कस स्टोईनेसले समान १ विकेट लिए । त्यसअघि साउथह्याम्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले १९.३ ओभरमा १ सय ७९ रन बनाउँदै अल आउट भयो । टोलीका लागि ओपनर ट्राभिस हेडले सर्वाधिक ५९ रनको अर्धशतकीय इनिङ खेले । प्लेयर अफ द म्याच भएका हेडले २३ बलमा ८ चौका र ४ छक्का प्रहार गरे । अर्का ओपनर म्याथ्यु शर्टले २६ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४१ तथा विकेट किपर जोस इङ्ग्लिसले २७ बलमा ३७ रन बनाए । क्यामरुन ग्रिनले १३ तथा मार्कस स्टोनेसले १० रन जोडे ।

घरेल टोलीका लागि लियम लिविगंस्टोनले ३, सकिब मोहम्मद र जोफ्रा आर्चरले समान २ तथा आदिल राशिद र साम करनले समान १ विकेट लिए । दुई टोलीबीचको दोस्रो खेल शुक्रवार र तेस्रो आइतवार हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर