कांग्रेस पदाधिकारी बैठक आह्वान, उपसभामुखका सम्बन्धमा विमर्श गरिने

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि बुधबार बिहान आफ्नो निवास बूढानीलकण्ठमा पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक बोलाएका छन् ।
बैठकमा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले राजीनामा दिएर मार्ग प्रशस्त नगरेको खण्डमा महाअभियोग लगाउने तयारी भइरहेको अवस्थामा सोही विषयमा छलफलका लागि बैठक केन्द्रित हुने कांग्रेस स्रोतले जनाएको छ । सत्तारुढ दलको बैठकले उपसभामुख रानालाई हटाउनेबारे निर्णय गरिसकेको छ । सभापति देउवाले यसबारे पार्टी पदाधिकारी र पूर्व पदाधिकारीहरुको धारणा बुझ्न खोजेको बताइएको छ ।
राजीनामा दिन उपसभामुख रानालाई प्रतिनिधिसभाको आजको बैठकमा पनि सत्तारुढ दलका सांसदहरूले माग गरेका छन् भने प्रतिपक्षी दलले त्यसको प्रतिरक्षा गरेका थिए । रानाले पदीय मर्यादा र गरिमा जोगाउन नसकेको सत्तारुढ दलका नेताहरुको बुझाई छ । उपसभामुख रानाले अमेरिकामा आयोजित एक कार्यक्रममा सहभागी हुन केही युवालाई अमेरिकाको भिसा दिलाउन अन्तर्वार्ताको मिति सहजीकरण गरिदिन भन्दै उपसभामुखको हैसियतले सचिवालयमार्फत अमेरिकी दूतावासलाई लेखेको पत्र लेखेको प्रकरण प्रकाशमा आएको थियो । त्यही प्रकरणलाई नवीन सत्तारुढ दलहले मुद्दा बनाइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर