कोशी राजनीति : अनशन स्थल निषेधित

काठमाडौं ।  जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेश सभा भवन परिसरको स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ । पूर्व मुख्यमन्त्री केदार कार्कीले आज आमरण अनशन बस्ने घोषणा गरेसँगै प्रदेश सभा भवन आसपासका ठाउँलाई निषेधित क्षेत्र घोषणा गरिएको हो । पूर्व मुख्यमन्त्री कार्कीले आज (मंगलबार) अपराह्न ४ बजेदेखि प्रदेश सभा भवन परिसरमा आमरण अनशन सुरु गर्ने उद्घोष गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेश सभा भवन आसपासमा पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पतालको चोक क्षेत्र, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आसपासमा रोडशेष चोकदेखि दक्षिण जतुवा चोक क्षेत्र, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटर क्षेत्र, प्रदेश प्रमुखको कार्यालय तथा निवास वरिपरि ३०० मिटर क्षेत्र र जिल्ला प्रशासन कार्यालय, मोरङको डाँफे चोकदेखि पूर्वको भाग अर्को व्यवस्था नभएसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको हो ।

कांग्रेसका कार्की आफू मुख्यमन्त्री हुँदा सुरु गरेको कार्यक्रमहरु दश वर्ष मुनिका बालबालिकाकाका लागि विशिष्टीकृत सेवासहित निःशुल्क उपचार, बजेटमा २५ लाखभन्दा तलका आयोजना नराख्ने नीति, शैलजा आचार्य हृदयरोग उपचार केन्द्रको सञ्चालन, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता, घिउ तथा धुलो दुधको निर्यातमा प्रोत्साहन रकम वितरण कार्यक्रम, सुनसरी–मोरङ केसलिया करिडोरको विकास कार्यक्रम, कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति, डाक्टर, इन्जिनियर लगायत बिभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति, जनावरमैत्री जंगल कार्यक्रमलाई हिक्मत कार्की नेतृत्वको वर्तमान कोशी सरकारले निरन्तरता नदिएपछि अनशन बस्ने उद्घोष गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर