कालो झण्डा र विरोध झेल्दै रवि पार्टी बैठकमा शरीक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरामा सहकारीपीडितहरूले कालो झण्डा देखाएर विरोध गरेका छन् । पार्टी संगठनको कामको सिलसिलामा आज मंगलबार पोखरा पुगेका सभापति लामिछानेलाई बिरौटामा कालोझण्डा देखाएर विरोध गरेका हुन् ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले लामिछानेलाई पार्टीको एक बैठक चलिरहँदा प्रदर्शनकारीले बैठकस्थलबाहिर सहकारी ठगलाई राजनीतिक संरक्षण मिलेको भन्दै नाराबाजी गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर