भियतनाममा आँधीले पुल भत्काउँदा ६० जनाको मृत्यु, १३ जना बेपत्ता

काठमाडौं । उत्तरी भियतनाममा सुपर टाइफुनु यागीका कारण एक व्यस्त पुल भत्किँदा कैयौँ सवारीसाधन पानीमा डुबेका छन्। त्यस क्रममा हराइरहेका १३ जनाको खोजी भइरहेको छ। भियतनाममा शनिवार उक्त आँधी बज्रिएयता त्यहाँ ६० जनाभन्दा धेरै मानिसहरूको मृत्यु भएको छ।

ुड्यासक्यामुबाट खिचिएका भिडिओ फूटेजमा सोमवार फु थोक प्रान्तको फोङ चाउ पुल भत्किएको क्षण देखिन्छ। पछिल्लो ३० वर्षमा भियतनाममा आएको सबैभन्दा शक्तिशाली आँधीले देशको उत्तरी भागमा विनाश निम्त्याएको छ भने १५ लाख मानिसलाई बिजुलीविहीन बनेका छन्। पश्चिमतर्फ सर्ने क्रममा रहेको यागीले थप विनाश गर्ने अधिकारीहरूले चेतावनी दिएका छन्। प्रतिघण्टा २०३ किलोमिटरको वेगको यस आँधीबाट २४० भन्दा धेरै मानिसहरू घाइते बनेका छन्। यो एशियामा यस वर्ष देखा परेको सबैभन्दा शक्तिशाली तुफान हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर