बलिउड अभिनेता विकास सेठीको निधन

काठमाडौं । भारतको सानो पर्दादेखि लिएर ठुलो पर्दामा समेत आफ्नो अभिनयको छाप छोड्न सफल बलिउड अभिनेता विकास सेठीको निधन भएको छ । ८ सेप्टेम्बरमा ४८ वर्षको उमेरमा उनको निधन भएको हो ।

यसअघि सेठीकी पत्नी जाह्नवी सेठीले सामाजिक सञ्जालमार्फत उनको निधनको जानकारी दिएकी थिइन् । सोमबार मुम्बईको जोगेश्वरी पश्चिममा अभिनेताको अन्तिम संस्कार गरिएको थियो । अन्तिम बिदाइका लागि थुप्रै कलाकारहरु पुगेका थिए ।

सेठीले आफ्नो करियरको सुरुवात टिभी सिरियलबाट गरेका थिए । उनले एकता कपुरसँग कहीँ तो होगा, के स्ट्रीट पाली हिल र कसौटी जिन्दगी की जस्ता हिट शोमा काम गरे । तर, उनलाई क्यूँकी सास भी कभी बहू थीबाट पहिचान मिल्यो । उनले कभी सुखी कभी गममा पनि काम गरेका थिए । उनले करीना कपूरको साथी रकीको भूमिका निभाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर