यूईएफए नेसन्स लिग : फ्रान्स र इटली विजयी

काठमाडौं । यूईएफए नेसन्स लिगअन्तर्गत लिग ए को समूह दुईको खेलमा फ्रान्स र इटली विजयी भएका छन् । फ्रान्सले बेल्जियमलाई २-० ले पराजित गर्दै पहिलो जित हात पारेको हो ।

लियोनस्थित घरेलु मैदानमा भएको खेलमा फ्रान्सका लागि कोलो माउनीले २९औं र उसमान डेम्बेलेले ५७औं मिनेटमा गोल गरे । समूहमा पहिलो जित हात पारेको फ्रान्सको दुई खेलबाट ३ अंक भएको छ । ३ अंक नै रहेको बेल्जियमलाई पछि पार्दै फ्रान्स दोस्रो स्थानमा उक्लेको छ । पहिलो खेलमा फ्रान्स इटलीसँग पराजित भएको थियो ।

उता इटलीले भने इजरायललाई २-१ ले पराजित गर्दै लगतार दोस्रो जित हात पारेको छ  । बुढापेष्टमा भएको खेलमा इटलीका लागि  डेभिड फ्राटेसीले ३८औं र मोइस किनले ६२औं मिनेटमा गोल गरे । इजरायलका लागि अबु फानीले ९०औं मिनेटमा एक गोल फर्काए । लगतार दोस्रो जितपछि इटली ६ अंक जोडेर समूहको शीर्ष स्थानमा छ । लगतार दुई हारपछि इजरायल अंकविहीन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर