संसदको दुवै सदनको बैठक बस्दै

काठमाडौं ।  संघीय संसदको दुवै सदनको बैठक मंगलबार पनि बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजेदेखि प्रतिनिधि सभा र सवा १ बजे राष्ट्रिय सभा बैठक बस्दैछ। प्रतिनिधि सभा बैठकका लागि तीनवटा कार्यसूची छ।

बैठकमा सहरी विकास मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसम्बन्धी मौखि प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीले दिने कार्यसूची छ। त्यस्तै अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘बैंकिङ कसूर तथा सजाय (दोस्रो संसोधन) विधेयक’ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ। आजकै बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले राष्ट्रिय सभामा उत्पत्ति भएको सार्वजनिक सेवा प्रसारण २०७८ माथि छलफल गरियोस् भनी प्रस्ताव गर्ने  र उक्त विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ।

राष्ट्रिय सभा बैठकका लागि पनि तीन वटै कार्यसूची छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षकी प्रतिवेदन २०७९/२०८० प्रस्तुत गर्ने कार्यसूची छ। त्यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्य मायाप्रसाद शर्माले सार्वजनकि नीति तथा प्रयायोजित विधायन समितिको पाँचौं वार्षिक प्रतिवेदन २०८०/२०८१ पेस गर्ने कार्यसूची छ। आजकै बैठकमा राष्ट्रिय सभाका अध्यक्षले सभाका विषयगत समितिका रिक्त सभापति पदको निर्वाचन मिति तोक्ने कार्यसूची पनि छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर