पलेशालाई पाँच लाख रुपैयाँसहित कांग्रेसको सम्मान

काठमाडौं । पेरिस पारा ओलम्पिकमा ऐतिहासिक पदक विजेता पलेशा गोवर्धन र प्रशिक्षक कविराज नेगीलाई नेपाली कांग्रेसले नगदसहित सम्मान गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आज आएतबार आयोजित एक सम्मान कार्यक्रममा सभापति शेरबहादुर देउवाले पलेशालाई पाँच लाख रुपैयाँ र प्रशिक्षक नेगीलाई एक लाख ५० हजार रुपैयाँ दिएर सम्मान गरे ।

यस्तै कांग्रेसले पेरिस पारा ओलम्पिकमा सहभागी खेलाडी भरतसिंह महतालाई ५० हजार रुपैयाँसहित सम्मान गरेको छ । सम्मान कार्यक्रममा सभापति देउवाले नेपाललाई विश्वभर चिनाउने कडीका रूपमा खेलकुद क्षेत्रलाई लिनुपर्ने बताए । पलेशाले पेरिस पारा ओलम्पिकमा तेक्वान्दोको के–४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई हराउँदै कांस्य पदक जितेकी थिइन् । ओलम्पिकमा नेपालको यो पहिलो पदक हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर