रणवीर र दीपिकालाई पुत्रीलाभ

काठमाडौं  ।  बलिउड जोडी दीपिका पादुकोण र रणवीर सिंहलाई पहिलो सन्तानका रूपमा छोरीको आगमन भएको छ। दीपिकाले एचएन रिलायन्स अस्पताल मुम्बइमा छोरीलाई जन्म दिएको दैनिक भास्करले जनाएको छ। प्रसूति व्यथाको कारण दीपिकालाई शनिबार दिउँसो मुम्बईको गुरगाउँ क्षेत्रस्थित एचएन रिलायन्स अस्पतालमा भर्ना गरिएको थियो। दीपिकाले यसैवर्ष फेब्रुअरी २८ मा सामाजिक सञ्जालमार्फत गर्भावस्थाको घोषणा गरेकी थिइन्। शुक्रबार दिउँसो दीपिका श्रीमान् रणवीरसँग सिद्धिविनायक मन्दिर पुगेकी थिइन्। सन् २०१३ मा ‘गोलियोंकी रसलीलाः रामलीला’ फिल्मको सेटबाट नजिकिएका दीपिका र रणवीरले सन् २०१८ मा विवाह गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर