पाटनस्थित देगु तलेजु मन्दिरको पुनःनिर्माण सम्पन्न

काठमाडौं । भूकम्पले भग्नावशेष बनाएको विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रस्थित देगु तलेजु मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्पपछि जीर्ण अवस्थामा रहेको देगु तलेजु मन्दिरको बाहिरी भागको काम सकिएको र दोस्रो चरणमा भित्रको काम चलिरहेको पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख लीला पाठकले जानकारी दिए । भित्री भागको काम पूरा भएपछि क्षमापूजा गरेर उद्घाटन हुने जानकारी दिँदै उनले भने, “मल्लकालीन मन्दिर मौलिक शैलीमा पुनःनिर्माण गरिएको छ ।

ललितपुरको सबैभन्दा ठूलो र अग्लो मन्दिरका रूपमा परिचित देगु तलेजु मन्दिर पुनःनिर्माणका लागि जापान सरकारले १३ करोड सहयोग गरेको हो। ललितपुरका अधिकांश सम्पदाको पुनःनिर्माण पूरा भएको छ भने केही निर्माणाधीन अवस्थामा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर