वरिष्ठ पत्रकार नरेन्द्र उपाध्यायको निधन

काठमाडौं ।  वरिष्ठ पत्रकार नरेन्द्रप्रसाद उपाध्यायको निधन भएको छ । उपाध्यायको ८४ वर्षको उमेरमा आइतबार अमेरिकाको क्यालिफोर्नियास्थित अस्पतालमा निधन भएको हो । १० दिनदेखि क्यालिफोर्नियास्थित अस्पतालमा उपचाररत रहेका उपाध्यायको उपचारकै क्रममा आइतबार निधन भएको हो ।

वरिष्ठ पत्रकार उपाध्यायको निधनप्रति नेपाल पत्रकार महासङ्घले दुःख व्यक्त गरेको छ । आइतबार महासङ्घले विज्ञप्ति जारी गर्दै उपाध्यायको निधनबाट नेपाली पत्रकारिता जगतले एक जना अनुभवी, निर्भीक र व्यावसायिक पत्रकारलाई गुमाएको जनाएको छ । विसं २०२६ सालदेखि ज्योति साप्ताहिकबाट पत्रकारिता सुरु गरेका उपाध्यायले तत्पश्चात् आफ्नै सम्पादनमा अङ्ग्रेजी भाषामा टेलिग्राफ साप्ताहिकको प्रकाशन सुरु गरेका थिए ।

तीन दशकभन्दा लामो समय सम्पादनको जिम्मेवारीमा रही उक्त साप्ताहिकलाई निरन्तरता दिएका उपाध्यायको मुख्यतः लेखहरू भारत, नेपाल र दक्षिण एसियाली क्षेत्रीबिचको भू-राजनीतिक तनाव र पाकिस्तानलाई क्षेत्रीय शक्ति मान्नु पर्ने आवश्यकतामाथि केन्द्रित थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर