डोनाल्ड ट्रम्पलाई नोभेम्बर २६ पछि सजाय तोकिने

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई म्यानहट्टन हश मनि आपराधिक मुद्दामा सुनाइने भनेको सजाय नोभेम्बरमा हुने राष्ट्रपति चुनावसम्म स्थगित गरिएको छ । न्यायाधीश जुआन मार्चेनले ट्रम्पको सजाय नोभेम्बर २६ सम्मका लागि स्थगित गर्ने निर्णय गरेका हुन् । ट्रम्प रिपब्लिकन पार्टीबाट अमेरिकी राष्ट्रपतिका उम्मेदवारसमेत हुन् ।

यस प्रकरणमा उनको सजायको घोषणाको मिति सेप्टेम्बर १८ मा तोकिएको थियो तर राष्ट्रपति निर्वाचनलाई प्रभावित गर्ने भन्दै ट्रम्पका वकिलहरूले उनको सजाय स्थगित गर्न प्रयास गरेका थिए । मे महिनामा, न्यूयोर्कको एक निर्णायक मण्डलले ट्रम्पलाई फर्जी व्यापार रेकर्ड र अपराध गरेकोमा दोषी ठहर गरेको थियो । अमेरिकामा पूर्वराष्ट्रपतिलाई अपराधमा दोषी ठहर गरेको यो पहिलो पटक हो । न्यायाधीशले यो निर्णयमा अमेरिकी चुनावले कुनै असर नपरोस् भन्ने निर्णय गर्नुपर्ने पनि बताएका छन् । (ऐजेन्सी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर