यस्तो छ प्रधानमन्त्री ओलीको प्रचण्डलाई कडा चेतावनी

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हिंसाको महिमा मण्डन नगर्न चेतावनी दिएका छन्। २१ औं निजामती सेवा दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले माओवादी केन्द्र र माओवादी अध्यक्ष ‘प्रचण्ड’लाई लक्षित गर्दै हिंसाको महिमा मण्डन गर्न छोडेर देश विकासमा लाग्न आग्रह गरे ।

उनले भने, “अरूले चलाएका अनावश्यक हिंसा आदि पनि छोड्नुपर्छ। बदल्नुपर्छ। बदल्नुपर्दथ्यो, बदलियो पनि। हिंसाको महिमा मण्डन गरेर हामी अघि बढ्न सक्दैनौँ। त्यसले फेरि खतरा ल्याउँछ। हामी हिंसा नमान्नेहरू त छँदै छौँ। हिंसालाई महिमा मण्डन गर्नु हुँदैन, प्रशंसा गर्नु हुँदैन। मानी लिऔँ हिंसा महान थियो, महान हिंसाले……।”

उनले भने, “हाम्रो देशमा हिंसा थियो, त्यसलाई व्यवस्थापन गर्नुपर्‍यो । केही मानिसहरूले त्यसलाई महिमा मण्डन गरेको सुन्छु । त्यस्तो महान थियो भने किन छोडेको त त्यो बाटो ? किन आउनुपर्‍यो शान्ति प्रक्रियामा रु त्यस्तो महान जनयुद्धै थियो भने त सफल पार्नुपर्दथ्यो । जनयुद्ध भन्ने चिज जनयुद्ध हो भने त्यो फेल हुँदैन। जन आन्दोलन हो भनेपनि त्यो फेल हुँदैन। जन भइसकेपछि त्यो फेल हुँदैन। अब जनताका नाममा एक मुठी मान्छेले आफ्नो रहर, निर्देशित, प्रायोजित वा अरू प्रकारका रहरहरू लाद्न खोज्यो भने देशले त्यसलाई अस्वीकार गर्छ । बाटो बदल्नुपर्छ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर