भारतद्वारा ४ हजार किमिभन्दा बढी मारक क्षमताको अग्नि–४ मिसाइलको सफल परीक्षण

काठमाडौं ।  भारतले मध्यम दूरीको ब्यालेस्टिक मिसाइल अग्नि-४ सफलतापूर्वक प्रक्षेपण गरेको छ । भारतीय रक्षा मन्त्रालयका अनुसार शुक्रबार यसलाई ओडिशाको चण्डीपुरको एकीकृत परीक्षण दायराबाट प्रक्षेपण गरिएको हो । अग्नि-४ मिसाइल रणनीतिक बल कमाण्डअन्तर्गत प्रक्षेपण गरिएको बीबीसीले जनाएको छ ।

अग्नि-४ को सफल परीक्षणलाई भारतका लागि निकै महत्त्वपूर्ण मानिएको छ । अग्नि–४ मिसाइलको दायरा ४ हजार किलोमिटरभन्दा बढी छ ।भारतले यो वर्षको अप्रिलमा ओडिशाको तटमा रहेको अब्दुल कलाम टापुबाट १,००० देखि २,००० किलोमिटरसम्म मार हान्न सक्ने नयाँ पुस्ताको आणविक सक्षम अग्नि प्राइम ब्यालिस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर