पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । चितवनको इच्छाकामनामा खसेको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। करिब साढे ७ बजेतिर इच्छाकामना-३ फिस्लिङ नजिकै राजमार्गमा पहिरो खसेको हो। सुक्खा पहिरो खसेपछि राजमार्ग अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भेषराज रिजालले जानकारी दिए। सडक कार्यालयसँग समन्वय गरेर पहिरो पन्छाउने प्रयास भइरहेको उनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर