निजी अस्पतालले पनि बीमाको सुविधा दिनुपर्ने : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निजी अस्पतालले पनि बीमाको सुविधा दिनुपर्ने बताएका छन्। एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालको २६ औँ वार्षिक दिवसको उपलक्ष्यमा शुक्रबार आयोजित कार्यक्रममा मन्त्री पौडेलले निजी अस्पतालले पनि बीमाको सुविधा दिने व्यवस्था गर्न लागिएको बताए।

उनले सरकारी अस्पतालमा मात्रै स्वास्थ्य बीमाको सुविधा लिन पाइने तर निजीमा लिन नपाइने अवस्थाको अन्त्य गर्दै सबै अस्पतालमा बीमा सुविधा हुनुपर्ने बताए । त्यसको लागि बीमा बोर्ड शक्तिशाली हुनुपर्ने उल्लेख गरे । उनले नियमन गर्ने निकाय र कार्यान्वयन गर्ने निकाय फरक–फरक हुनुपर्ने पनि बताए । कार्यान्वयन र नियमन एउटै निकायले गर्दा बीमा व्यवस्थित गर्न नसकिने उनको भनाइ छ।

उनले भने, ‘अब सरकारी अस्पतालमा मात्रै बीमाको सुविधा लिन पाइने। निजीमा नपाइने भन्ने हुँदैन। शुल्क तलमाथि भयो भने उपभोक्ताले रोज्ने कुरा भयो। निजीमा महँगो हुन्छ, मेरो बीमाको पैसा धेरै जान्छ। सरकारीमा कम हुन्छ मेरो बीमाको पैसाले अलि धेरै काम गर्छ भन्ने भयो भने त्यो सरकारीतिरै जान्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर